☰ open

६१ जनाले समर्थन जनाए पछी विश्वासको मत पाए

२०८१ बैशाख ४, मंगलवार २१:५९
media khavar

४ वैशाख, जनकपुरधाम । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिस्कार गरेको तापनी मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए पछी विश्वासको मत पाएका छन् ।
प्रतिपक्षी दलहरुले बहिस्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन । सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर दलहरुबीच छलफल गराएका थिए । तर छानबिन समिति गठनमा सहमति हुन नसकेपछि साँझ बसेको अर्को बैठक पनि जनमतले अवरोध गर्यो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights