२०८१ बैशाख २१, शुक्रबार १७:१२
media khavar
२१ वैशाख, जनकपुरधाम । २०७२ सालमा मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई महोत्तरीमा हत्या भएको महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
‘महोत्तरी जिल्ला अदालतबाट फैसला भएको अधारमा प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं। र १३९३० नं बमोजिमको कसूरमा सोही महलको १३९३० बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम ९४० बमोजिम प्रदेश सभा सदस्य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । २०८१र०१र१८ गते बाट निज लाई मधेश प्रदेश सभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया