☰ open

आगलागी हुँदा घाइते भएका एकै परिवारका दुई बालिकाको मृत्यु ।

२ वर्ष

२४ वैशाख, काठमाडौं । आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।

८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया