☰ open

सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या

२०८१ बैशाख २७, बिहीबार १८:२६
media khavar

२७ वैशाख, सप्तरी । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका एक जना सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको र बैंकमा लुटपाटको प्रयास गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डीएसपी न्यौपानेले भने । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights