☰ open

कोशी प्रदेशमा पाँच मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिए

२०८१ जेष्ठ ४, शुक्रबार २०:४०
media khavar

४ जेठ , बिराटनगर । कोशी प्रदेशमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यालयले जानकारी दिए । नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद् विस्तारपछि रामबहादुर मगरले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, लिलावल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights