☰ open

मेयर अधिकारी , वडाध्यक्ष भट्टराई र वडासदस्य श्रेष्ठलाई १ महिना कैद

२०८१ जेष्ठ १३, आईतवार १९:३१
media khavar

१३ जेठ, काठमाडौं । अदालतको अवहेलनामा बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई  जिल्ला अदालत काठमाडौंले अदालतले १ महिना कैद सजाय सुनाएको छ ।

अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights