☰ open

आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको तयारी पूरा

२०८१ जेष्ठ १५, मंगलवार १४:५९
मिडियाखबर

आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । 

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights