२०८१ जेष्ठ १८, शुक्रबार २०:२९
media khavar

१८ जेठ, काठमाडौं । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यस्ता समस्या समाधान गर्नकालागी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रालयका सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेका छन् ।
यसैगरी अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने जिम्मेवारी पनि समितिलाई दिएको मन्त्रालयको प्रवक्ता डा. दिपेन्द्ररमण सिंहले जानकारि दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया