☰ open

सांसद ज्ञानेन्द्र शाहीले झापा र धनुषा दुई जिल्लामा भन्दा सिंगो कर्णाली प्रदेशमा बजेट कम भएको टिप्पणी गर्दै गर्दा प्रतिनिधि सभामा उनको माइक नै काटिएको

२०८१ असार ५, मंगलवार १२:०७
मिडियाखबर

जुम्लाबाट निर्वाचित राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशमा बजेट कम भएको टिप्पणी गर्दै गर्दा प्रतिनिधि सभामा उनको माइक नै काटिएको छ ।  सांसद शाहीले एमाले अध्यक्ष केपी ओलीको जिल्ला झापा, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिल्ला धनुषामा मात्रै धेरै बजेट विनियोजन गरिएको उनले तर्क गरे ।

दुई जिल्लामा भन्दा सिंगो कर्णालीमा बजेट थोरै विनियोजन गरिएको तर्क दिदै गर्दा सांसद शाहीले भुगोल र जनसंख्या जस्ता कुराहरुको तर्क अघि सारेर कर्णालीलाई बजेटमा विभेद गरिएको बताउदै थिए । तर सभामुख देवराज घिमिरेले विषयमा केन्द्रीत नभएको भन्दै माइक बन्द गरिदिए ।  शाहीले भनेका थिए, ‘भौतिक योजना मन्त्रीजी तपाईं नेपालको मन्त्री हो कि धनुषाको मन्त्री हो ? यो भाषा कर्णालीको भाषा हो  ।

यो भाषाको अपमान नगर्नुस । धनुषा जिल्लाका ३ र ४ नम्बर क्षेत्रमा मात्रै ८ अर्व ७७ करोड, झापामा ६ अर्व बजेट विनियाजन गरिएको छ । तर सिंगो कर्णालीलाई जम्मा ७ अर्ब विनियोजन गरिएको छ । यदि भौतिक मन्त्री देशको मन्त्री हो कि झापा र धनुषाको मात्रै मन्त्री हो ? कुनैबेला एमालेको लालकिल्ला थियो कर्णाली, माओवादीका नेता र मन्त्रीहरु कर्णालीले नै बनाएको हो । तर उहाँहरुले किन कर्णालीलाई विभेद गर्नुभयो ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights