मिडियाखबर
देशभरका किसानको झण्डै ६ अर्ब रुपैयाँ भुक्तानी नभएपछि किसान आन्दोलनमा उत्रिएका छन्। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानले दुग्ध विकास संस्थान घेराउन गरेका हुन्।
बुधबार अपराह्न लैनचोरस्थित संस्थानको कार्यालय पुगेका किसानलाई प्रहरी नियन्त्रणमा लिएको हो। करीब ३० जनालाई किसानलाई प्रहरी नियन्त्रणमा लिएको छ।
यसअघि बिहान पनि किसानलाई नियन्त्रणमा लिएको थियो। उनीहरू संस्थानको कार्यालय घेराउ गर्न पुगेका थिए। यससँगै संस्थानमा तालाबन्दी गर्ने कार्यक्रम थियो।
प्रहरीले छोडेपछि उनीहरू फेरि लैनचोर पुगेका थिए। संस्थानको कार्यालय पुग्ने वितिक्कै किसानमाथि हस्तक्षेप गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो।
किसानले तत्काल दूधको भुक्तानी गर्न माग गरेका छन्। यस विषयमा सांसदले पनि प्रतिनिधि सभाको बैठकमा आवाज उठाएका छन्।
देशभरका किसानले दुग्ध संस्थान र निजी डेरीबाट ६ महीनादेखि भुक्तानी पाएका छैनन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया