मिडियाखबर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
पछिल्लो केहीदिन यता शीर्ष दलका शीर्ष नेताहरूबीचको भेटघाट र छलफल बाक्लिएको छ।
यसअघि आइतबार पनि ओली, दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।
यो छलफलको कारण भने यसअघि शनिबार एमालेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको छलफल हो। देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सत्ता पक्षीय तथा प्रति पक्षीय दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो।
आज कांग्रेस सभापति देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो।
उक्त बैठकमा समयसामयिक राजनीतिक वसषयमा छलफल गरिनर् पार्टीका एक नेताले जानकारी दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया