२०८१ श्रावण १५, मंगलवार ११:३६
मिडियाखबर
धनुषाधाम नगरपालिका वडा नम्बर २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो। उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन्। धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार ठाकुरको कुटपिटबाट मृत्यु भएको हो।
स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र श्रीमती श्यामु घाइते भएको प्रवक्ता अवाले बताए।
बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो। घटना लगतै घटनामा संलग्न आरोपमा आमाछोरालाई प्रहरी पक्राउ गरेको प्रवक्ता आवाले जानकारी दिए।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया