२०८१ भाद्र १०, सोमबार १६:१८
मिडियाखबर
हेटौँडामा उपमहानगरपालिका ११ पाथीभरा मन्दिर नजिकै एक वृद्धा मृत फेला परेकी छन्। आज बिहान करिब ७१ वर्षकी ठूलीमाया विश्वकर्मा आफ्नै घरभित्र मृत फेला परेकी थिइन्।
नातिसँगै बस्दै आएकी उनको दुवै कानबाट रगत बगेको अवस्थामा शव फेला परेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
अनुसन्धानका लागि उनका नाती २८ वर्षका प्रविन विश्वकर्मालाई नियन्त्रणमा लिइएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
यद्यपि हत्या भएको हो वा होइन खुलिसकेको छैन भने घटनामा प्रविनको संलग्नता पनि पुष्टि भइसकेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया