☰ open

नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भए

२०८१ भाद्र ३१, सोमबार १२:५४
मिडियाखबर

नेकपा माओवादी केन्द्रले आज (सोमबार) सदन अवरोध नगर्ने भएको छ। कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जानकारी गराएका सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

एमाले सांसद योगेश भट्टराईले माओवादीको जनयुद्धलाई होच्याउने र अपमान हुनेगरी ‘हिंसा’ शब्द बोलेको भन्दै  माओवादीले केहीदिनयता सदन चल्न दिएको थिएन। एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसाको संज्ञा दिएको त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्दै माओवादी अवरोध गर्दै आएको थियो।

सोमबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर संसद् अधिवेशन नै अन्त्य हुने भएपछि माओवादी पछि हटेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights