☰ open

आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढे

२०८१ पुष १९, शुक्रबार १२:१६
मिडियाखबर

आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १५ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights