☰ open

‘बैंक’ शब्दको भ्रम: राष्ट्रिय खाद्य बैंकको स्पष्टीकरण

२०८३ जेष्ठ १२, मंगलवार ०९:१३
मिडियाखबर

राष्ट्रिय खाद्य बैंकले हाल विभिन्न अनलाइन सञ्चार माध्यममा आफ्नो नामसँग जोडेर ‘बैंक’ शब्दको प्रयोगसम्बन्धी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै आफूले कुनैपनि प्रकारको बचत–ऋण, मौद्रिक वा वित्तीय कारोबार नगर्ने स्पष्ट पारेको छ। कम्पनीका अनुसार यस संस्थाको स्थापना तथा सञ्चालन नितान्त कृषि उत्पादन तथा खाद्यान्नको कारोबारमा केन्द्रित रही सम्बन्धित निकायमा विधिसम्मत रूपमा दर्ता भई विगत पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

विज्ञप्तिमा शेयरधनी तथा सरोकारवालाहरूलाई आधारहीन समाचारबाट भ्रमित नहुन आग्रह गरिएको छ। साथै, कृषि क्षेत्रको दिगो विकास र मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले योगदान दिइरहेका विज्ञहरूको मानमर्दन हुने गरी सूचना सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरिएको छ।

संस्थासम्बन्धी थप तथ्यपूर्ण जानकारी आवश्यक परेमा संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शंकरनाथसँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights