२०८३ असार १८, बिहीबार ०९:४५
मिडियाखबर
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना देखिएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा अन्य पहाडी क्षेत्रमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
बिहीबार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा पनि मध्यम वर्षा हुने अनुमान छ।
मधेस र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत जोखिम रहेकाले सतर्कता अपनाउन आवश्यक छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया