मिडियाखबर
काठमाडौँ १४ साउन २०८३
बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसररश्मी पन्तलाई प्रहरीले पक्राउ गरेको छ। कर्जा प्रवाहमा अनियमितता गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पन्तलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि सूक्ष्म अनुसन्धान भइरहेको छ।
प्रभु बैंकले सो रिसोर्टलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियो। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानकै क्रममा हाल सीआईबीको हिरासतमै रहेका छन्।
नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनपछि यो अनियमितता बाहिर आएको सीआईबी स्रोतले जनाएको छ। राष्ट्र बैंकको सोही प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।




फेसबुकबाट तपाईको प्रतिक्रिया