मिडियाखबर
काठमाडौं ३ आश्विन २०८३।
नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नवौँ ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३’ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंकले स्टल नम्बर A21 मार्फत परामर्श दिइरहेको छ।
प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक पर्ने कर्जाका विषयमा ग्राहकलाई प्रत्यक्ष परामर्श, सहजीकरण तथा समन्वय प्रदान गर्नेछ। घरजग्गा र निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै ग्राहकलाई सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले सहभागिता जनाएको हो।
हाल विकास बैंकहरूमध्ये सबैभन्दा प्रतिस्पर्धी र आकर्षक ब्याजदरमा घरजग्गा तथा घर निर्माण कर्जा प्रवाह गरिरहेको बैंकले यस अवसरमा प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरेको छ।
भदौ महिनाका लागि बैंकको आधारदर ५.६४ प्रतिशत रहेको छ। यसको प्रत्यक्ष लाभ घरजग्गा खरिद वा भवन निर्माणका लागि कर्जा लिन चाहने ग्राहकले उठाउन सक्नेछन्। स्टलमा खटिएका बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरी कर्जा प्रक्रिया र अन्य बैंकिङ सुविधाहरूबारे जानकारी गराउनेछन्।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया