☰ open

जनयुद्धका शहीद परिवारलाई सहयोगकालागि ऐन ल्याइने : मन्त्री साह

२०७८ चैत्र १४, सोमबार ०९:२६
मिडियाखबर

जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले माओवादी जनयुद्धका शहीद परिवारलाई नियमित रुपमा राहत दिन ऐन नै ल्याइने बताएका छन् ।

पहिलो पटक मधेश प्रदेश सरकारले जनयुद्धका शहीद परिवारलाई राहत स्वरुप १ लाख नगद आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मधेश शहीद प्रतिष्ठानले आईतबार आयोजना गरेको जनयुद्धका शहीद परिवारलाई सम्मान र राहत वितरण कार्यक्रममा मन्त्री साहले यस्तो धारणा राखेका हुन् । अहिले मधेश प्रदेश सरकारमा माओवादीको सहभागिता रहेकोले यस्तो कार्यक्रम ल्याएको बताउँदै मन्त्री साहले भने,‘ भोलिको दिनमा माओवादी सहभागिता नरहेको अवस्थामा पनि यो कार्यक्रमलाई निरन्तरता दिनका लागि ऐन ल्याएको खण्डमा नियमित रुपमा संचालन भईरहन्छ । त्यसकारण अबको केही दिनमै सम्बन्धित ऐन मन्त्रिपरिषदमा लग्ने छुं।’ मधेश आन्दोलन, जनयुद्धका शहीद परिवारलाई स्वास्थ्यमा ९० प्रतिशत छुट दिने गरी मधेश प्रदेश सरकारले शहीद परिचय पत्र बनाउन लागेको जानकारी दिँदै उनले शहीद परिवार, मधेश अन्दोलन र जनयुद्धका घाईते तथा वेपत्ता भएका परिवारजनलाई सीपमूलक तालिम तथा तिनका छोराछोरीलाई अध्ययनका लागि छात्रवृति दिने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights