☰ open

ऐतिहासिक वाणगंगा नदीको साप्ताहिक सरसफाई अभियान सुरु

२०७९ असार १०, शुक्रबार १५:०८
media khavar

प्राचीन देवभूमि धनुषाधामको ऐतिहासिक वाणगंगा नदी सफाई अभियान सुरु गरिएको छ । हाम्रो सम्पदाको संरक्षण– हाम्रो जिम्मेवारी– हामीले नगरे कस्ले गर्दिने ,आउ हामी मिलि सरसफाइ अभियान मा जुटऔ! भन्ने मुलनाराका साथ प्रतेक शनिबार बिहान 7:00 बजे वाणगंगा नदीमा सरसफाई गर्न लागिएको हो ।

साप्ताहिक सरसफाई अभियानता एवं कार्यक्रम संयोजक प्रमोदकुमार यादवको आगुवाइ मा भैरहेको छ । सरसफाई अन्तर्गत अभियन्ताहरुले धनुषाधाम को सास्कृतिक तथा धार्मिक विरासत वाणगंगा नदी वाट सफाई अभियान सुरु गरिएको रेडियो धनुषका सम्पादक स्वच्छता अभियन्ता मुकेश ठाकुरले जानकारी दिएका छन् ।

सो साप्ताहिक सरसफाई अभियान को पहिलो दिन चटि बाबा, नगर प्रमुख बालेश्वर मंडल, स्थानीय युवा, व्यवसायी र सुरक्षाकर्मीहरुको सहभागितामा गरिएको ठाकुरले बताउनुभयो । धनुषाधाममा प्राकृतिक जलश्रोतका केन्द्र बिन्दु रहेको वाणगंगा सफाई भएपछि सो क्षेत्रमा प्रकृति र संस्कृति संरक्षणका साथै कृषि सिंचाई का लागि फलदायी हुने अभियानका संयोजक प्रमोद कुमार यादबले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights