☰ open

नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री

२०७९ असार १३, सोमबार १७:४७
media khavar

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताएका छन् । विधेयक अघि बढाउने सन्दर्भमा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटकपटक छलफल गरे ।

राष्ट्रियसभामा सोमबारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, “नागकिरता विधेयक धेरै दिनसम्म सदनमा नरहोस्, चाँडो पास भएर जाओस्, नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्न सकियोस् भन्ने नै सरकारको सत्प्रयास रहेको छ ।”

नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागकिरले प्राप्त गर्ने मौलिक अधिकारको व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिए । गृहमन्त्रीका अनुसार बैंक खाता, अध्ययन, सिमकार्ड, आयोगका विज्ञापनमा दरखास्त दिन पाउने सवारी अनुमतिपत्र लिन, सवारी साधन खरिद गर्न, मुद्दा मालिला, प्यान लिन, व्यावसाय दर्ता, जन्मदर्ता रोजगारीलगायत सुविधाहरू प्राप्त गर्नका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको छ ।

नागरिकता प्राप्त गर्न वञ्चित रहेको अवस्थामा विधेयक पास नहुँदासम्म सरकारले आदेश जारी गरेर आवश्यक सुविधाका लागि गृहले कानुन मन्त्रालयमा यससम्बन्धी मस्यौंदा पेश गरेको जानकारी दिँदै उहाँले यसले चाँडै नै आकार लिनेमा आफू विश्वस्थ रहेको बताए ।

गृहमन्त्री खाणले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गरिएको र पूर्व तयारी, उद्धार, राहत तथा पुनःस्थापनका लागि आवश्यक कम शुरु गरिएको जानकारी दिए । हवाई उद्धारमा सेनालाई तयारी अवस्थामा राखिएको तथा विपद् न्यूनीकरण र क्षति भएको स्थानमा उद्धार तथा राहतमा विशेष ध्यान रहेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि बाढीबाट हुने मृत्युको सङ्ख्या घटे पनि पहिरोबाट हुने क्षति नघटेको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights