☰ open

दुईवटा मोटरसाइकलमा एउटै नम्बर कसरी ?

२०७९ असार १५, बुधबार १३:४६
media khavar

एउटै नम्बर भएका दुईवटा मोटरसाइकलको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्राफिक जाममा अड्किरहेका दुबै मोटरसाइकलको बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर छ ।

एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरिहेको छ ।

कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights