☰ open

कांग्रेसका नेता डा. शेखरले बोलाए आफू पक्षीय नेताहरुको बैठक

२०७९ असार १६, बिहीबार ०९:४९
media khavar

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारीका साथ कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ । आजको बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ । कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights