☰ open

चार देशका राजदूतहरुले लिए सपथ

२०७९ असार १६, बिहीबार १८:२२
media khavar

विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी थिइन ।

कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले रहेका छन् ।

सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights