media khavar
लुम्बिनी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बचाउन मुख्यमन्त्री कुलप्रसाद केसीसहितले प्रयास जारी राखेको नेकपा एमालेको आरोप छ । राज्यमन्त्री वलीले लुम्बिनी प्रदेशमा गठबन्धन सरकार निर्माण गर्न ‘निर्णायक’ भूमिका निर्वाह गरेकी थिईन ।
मन्त्री पदबाट राजीनामा गराए पनि एक महिला र बालिकालाई घरभित्रै कुटपिट गरेको घटनामा उनलाई जोगाउन सरकारी तहबाटै विभिन्न चलखेल भइरहेको एमाले स्रोतको दावी छ ।
साउन ३१ मा दाङ तुल्सीपुरका ‘प्रेमी’ एकराज बस्नेतको घरमा उनी नभएको बेला घुसेर वलीले आतंक मच्चाएकी थिइन् । सरकारी सुरक्षासहित गएकी उनले एकराजकी श्रीमती र छोरीलाई कुटपिट गर्दै उपद्रो मच्चाएपछि प्रहरीले पक्राउ गरेको थियो । वलीलाई मुख्यमन्त्री केसीकै निर्देशनमा रातारात बुटवल ल्याएर बिरामी भएको बाहनामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
उक्त घटनामा एकराजकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । तर प्रहरीले मन्त्री र सांसद भएकाले संसद सचिवालयको पत्र आवश्यक भन्दै जाहेरी लिन ढिलाई गरिरहेको थियो । घटना विवादित बनेपछि प्रमुख प्रतिपक्ष एमालेले सदनमा बजेट प्रस्तुत गर्न रोक्ने रणनीति लिएको थियो ।
यसको सुइको पाएपछि मुख्यमन्त्री केसीले सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा मन्त्री रमा घर्ती र महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको छानविन समिति गठन गरे । उक्त समितिलाई १५ दिनमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएका थिए । टोलीले असार १५ गतेसम्म म्याद पाए पनि शुक्रबार साँझसम्म मुख्यमन्त्री कार्यालयमा प्रतिवदेन बुझाएको छैन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया