☰ open

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ९ वटा एजेण्डा

२०७९ असार १९, आईतवार १३:०४
media khavar

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको छ । पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनको कार्यसूचीसमेत भएकाले बैठकलाई चासोका साथ हेरिएको छ ।

गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनपश्चात प्रचण्ड अध्यक्ष निर्वाचित भएका थिए भने हलबाट केन्द्रीय कमिटीको घोषणा गरिएको थियो । तर, पार्टीको उच्च नेतृत्वका रूपमा रहेका स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको अहिलेसम्म गठन हुन सकेको छैन । आजबाट सुरू केन्द्रीय समिति बैठकको कार्यसूचीमा भए पनि पदाधिकारी छनोट हुने निश्चित नरहेको नेताहरूले बताएका छन् ।

त्यस्तै केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights