☰ open

भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

२०७९ असार २०, सोमबार १६:३६
media khavar

नेपालका लागि भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन् ।

लैनचौरस्थित दूतावासमा ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दियो । उनले आफ्नै चिउँडोमुखि गोली हानेका हुन् । उनीको घर भारतको उत्तराखण्ड हो ।

‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ । त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले भने । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको बताएका छन् ।

‘हामीलाई पनि त्यस्तै सूचना आयो । प्रहरी टोली त्यहाँ पुगेको छ’, उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights