☰ open

भट्टराईको आग्रह प्रधानमन्त्री देउवाले गरे अस्वीकार

२०७९ असार २०, सोमबार १८:३५
media khavar

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । आजै प्रधानमन्त्रीले मन्त्री हेरफर गरेका छन् । भटराईले मन्त्री हेरफेर रोक्नुहोस भन्दै आग्रह गरेका थिए प्रधानमन्त्री देउवाले त्यसलाई अस्वीकार गरेका हुन ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यादवले आइतबार राति नयाँ मन्त्रीहरुको नाम तयार गर्दै तीन मन्त्रीलाई सरकारबाट बाहर बोलाएका थिए । तर भट्टराईले त्यसमा आफ्नो सहमति नभएकाले मन्त्री नियुक्त नगर्न र शपथ नगराउन आग्रह गरेका श्रेष्ठले बताए । तर प्रधानमन्त्रीले नमानेपछि जसपाबाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहणसमेत गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights