☰ open

जसपाका ३ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

२०७९ असार २०, सोमबार १८:४५
media khavar

जनता समाजवादी पार्टी (जसपा)का ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा मोहम्मद इस्तियाक राईले भौतिक पूर्वाधार, मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी र प्रदीप यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।

पार्टीले मन्त्रीहरु सोमबारनै महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको छ । जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights