☰ open

गठबन्धन सरकार पूर्णरूपमा असफल भएको छ : महासचिव पोखरेल

२०७९ असार २१, मंगलवार १३:०६
media khavar

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे ।

गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको छ । अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ , उनले भने ।

करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको समेत उनले औंल्याए । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको पोखरेलको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’, उनले थपे ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights