☰ open

सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा हो : प्रधानमन्त्री

२०७९ असार २१, मंगलवार १३:५४
media khavar

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवद्र्धन हुने बताए । उनले नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको बताए।

उनले सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकारको दृढ रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वद्र्धनमा कलाकार र साहित्यकारहरुको अमूल्य योगदान रहेको बताए।

उनले कलाकारहरुको प्रतिभालाई राष्ट्रिय हीतमा परिचालन गर्नका लागि जोड दिनुपर्ने बताए। कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारले आवश्यक सहयोग गर्ने उनले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights