☰ open

रामेछाप बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

२०७९ असार २१, मंगलवार १६:१८
media khavar

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेमध्ये नौ जनाको मात्रै पहिचान खुलेको छ।

पहिचान खुल्नेमा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विक रहेका छन्।

जिल्ला टाफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सई चन्द्रकुमार श्रेष्ठका अनुसार रामेछापको सुनापति ३ हिलेबाट काठमाडौँका लागि छुटेको बा३ ख८३९६ नम्बरको बस दुर्घटना भएको हो। अरनिको यातायातको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। उक्त गाडीमा सवार रहेका अन्य २५ जना घाइते भएका छन्। कारण नखुले पनि ’ब्रेक फेल’ भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights