media khavar
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई काठमाडौं महानगरका मेयर बालेन्द्र साहले भेटेका छन् । विहिबार एक कार्यमक्रमा भट्टराईले काठमाडौ महाबनगर मेयर साहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका गरेको थिए ।
बिहीबार भट्टराईले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका थिए ।
साहले निवासमै गएर भट्टराई निवासमा पुगेर उनलाई भेटेका हुन् । भेटमा काठमाडौंका विविध विषयमा छलफल भएको जनाइएको छ । बालेनले काठमाडौंको सभ्यता र विकास कसरी अघि बढाउने भन्नेबारे भट्टराईसँग सुझाव लिएका थिए ।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगर मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना।’
बाबुरामसँगै उनीकी पत्नी हिसिला यामी, छोरी मानुसी यामी भट्टराईलाई पनि बालेनले भेटेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया