☰ open

कर्णालीका अर्थमन्त्री बिरामी, थप उपचारका लागि काठमाडौँ ल्याईयो

२०७९ असार २७, सोमबार १२:०९
media khavar

स्वासप्रस्वासमा समस्या र रगतमा बोसोको मात्रा अत्याधिक देखिएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाइजहाजमार्फत काठमाडौँ लगिएको हो।

विष्टको उपचारमा संलग्न डा. उज्वल अर्यालका अनुसार रगतमा बोसोको मात्रा अत्याधिक देखिनुका साथै स्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौँ पठाइएको बताए ।

‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आइसियूमा भर्ना ग¥यौं,’ उनले भने, ‘थप उपचारका लागि सोमबार काठमाडौँ रेफर गरेका हौं।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights