२०७९ असार २७, सोमबार १५:५४
media khavar
नेपालले केही बेरमा विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो पहिलो खेलमानामिबियासँग खेल्ने भएको छ ।
नेपाली समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला बलिङ रोजेको छ। १६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५औँ स्थानमा रहेको छ ।
नामिबियाको १४ खेलबाट १४ अंक छ। वसिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन्। पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई बेन्चमा राखिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया