☰ open

पशुपतिनाथको पुजा : राजनैतिक संदेश

२०७७ माघ १३, मंगलवार ०७:३२
मिडियाखबर

संजय प्रसाद पौडेल

आखिर भगवान बुद्धले भन्नु भए जस्तै मानिसलाई चाहिने सान्ति नै रहेछ। यसको ज्वलन्त उदाहरण प्रधानमन्त्री के पी ओली नै हुनुहुन्छ। चाहे त्यो २०७२ सालमा प्रधानमन्त्री पदकालागि सफथ खादा होस् या २०७४ सालमा फेरी प्रधानमन्त्री पदकालागि सफथ खादा होस् प्रधानमन्त्री ओलीले कहिल्यै ईश्वरको नाम लिएनन्।

तर पौष ५ गते पछि भने राजनीतिमा आएको परिबर्तनले प्रधानमन्त्रीको मन आक्रान्त भएको हुन सक्छ। त्यसो त प्रधानमन्त्री ओली पछिल्लो कालखण्डमा अध्यात्मतिर उन्मुख भएको बुझिन्छ। उनले राम ठोरीमा जन्मेको भनेर बिबादास्पद अभिव्यक्ति दिए पछि उनि पछिल्लो पल्ट पुर्बिय दर्शन र अध्यात्मबाद तिर उन्मुख भएको ठहर्छ।

एक थरिको विश्लेषण के छ भने कतै पौष ५ गते करिब करिव दुई तिहाई वहुमतको संसद बिघटन गरेर हिजोको सहयात्रीसंग टाढिनु पर्दा र देशलाई अस्थिरताको दिशा तिर मोड्नु पर्दा कतै हिन भावना पलाएर मनमा सान्ति प्राप्त गर्न पशुपतिनाथको मन्दिर धाएको हुनु पर्छ भनि राय प्रकट गर्छन।

बालुवाटारमा सोमबार आयोजित नागरिक प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा नारायण वाग्लेले प्रधानमन्त्री  केपी ओली मठमन्दिरमा गएको विषयमा टिप्पणी गरेका थिए। संविधानमा रहेको धर्मनिरपेक्षतालाई प्रधानमन्त्री ओलीले ख्याल गर्नुपर्ने वाग्लेको भनाइ थियो।

त्यस्तै प्रचण्ड-माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई अपराधको पाप पखाल्न’ पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।

त्यसै पनि कमिनीस्टहरु भगवान, देउता ईत्यादी नमान्ने भौतिकबादमा विस्वाश गर्ने हरु हुन्। तर पौष ५ गते पछिको फरक दृश्यले कतै राजनैतिक  संदेश दिने उद्यश्ले पनि प्रम ओलीले लाख वत्ति बालेको हुनु पर्छ भनि राजनीतिक वृतमा चर्चा छ। त्यसो त अहिले सम्म गणतन्त्र पछि बहालवाला प्रमले पशुपतिको मन्दिरमा पुजा गरेको यो पहिलो हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights