media khavar
तीन विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप हुने गरी अधिकारीले दलीय आबद्धता जनाएको भन्दै विद्यार्थी संगठनले उनको बर्खास्तीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले राष्ट्र बैंकको केन्द्रीय कार्यालय अगाडि कालो ब्यानर राखेर विरोध जनाएका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल ९क्रान्तिकारी० अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने, बिहीबार प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, शुक्रबार देशैभरि क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै शनिबार गते संघीय संसद् सदस्यहरूलाई ुअवैध गभर्नरु बर्खास्तीको माग गर्ने आवाज संसद्मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेको समाचार आएपछि विद्यार्थी नेताहरूले उनको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया