media khavar
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा अहिले बयान दिइरहेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले सिसिटिभी फुटेजको बारेमा आफूलाई थाहा नभएको दाबी गरेका छन्।
उनले त्यहाँ सुरक्षाकर्मी र अरू मर्यादापलकहरू पनि हुने हुँदा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नभएको बताएका छन् । त्यस्तै बाहिरको मान्छे पसेको सजिलै थाहा हुने उनको भनाइ छ ।
उनले सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने मन्त्रीलाई जानकारी नहुने पनि बताएका छन । उनले भने, ‘सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ,के हुन्छ त्योबारे मन्त्रीलाई जानकारी हुँदैन ।’
शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ। बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप शर्मामाथि छ। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया