media khavar
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ । तर, कुल १२ कोडको सिमा भने थथावत राखेको छ ।
गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।
उक्त कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने वयवस्था हटाउँदै अब प्रतिव्यक्तिले १२ करोडको सीमा राख्दैै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।
साथै ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा तोकिएको सिमाभित्र ल्याउन २०७९ असार मसान्तसममको समयाअवधि प्रदान भएको थियो ।
जसको सेयर लगानीकर्ताले चर्को आलोचना गर्दै फीर्ता गर्न माग गर्दै आएको थियो । संसदमा समत यसको आलोचना भइरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया