☰ open

अर्थमन्त्री शर्मालाई निर्दोष भन्न नमिल्ने एमालेको अडान

२०७९ श्रावण १२, बिहीबार २१:१८
media khavar

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा एमालेको फरक मत समेटेर प्रतिवेदन बुझाउने सहमति भएको छ।

बिहीबार सिंहदरबारमा जारी समिति बैठकले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने भएको हो।

प्रमुख प्रतिपक्षी एमालेले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेको छ भने सत्ता पक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन्।

यसैगरी समितिको म्याद भने थप नहुने भएको छ। यसअघि समितिले समय अपुग रहेको भन्दै एक हप्ता समय बढाउन सभामुखसमक्ष आग्रह गरेको थियो।

समितिले सभापतिमा लक्ष्मणलाल कर्णलाई नै तोकेको छ। उनले यसअघि ज्येष्ठ सदस्यका रूपमा सभापतिको कार्यभार सम्हालेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights