☰ open

आरक्षण सीट लागू नगर्ने सावारीसाधन कारबाहीमा

२०७९ श्रावण १७, मंगलवार २०:२९
media khavar

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागू नगर्ने सावारीसाधनलाई कारबाही गर्न सुरु गरेको छ।

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।

जसअन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारबाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने पनि ट्राफिक प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights