☰ open

भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो शिवमूर्ती बन्ने

२०७९ श्रावण १८, बुधबार १६:१६
media khavar

भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलवार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ र काभे्रको बनेपा नगरपालिकाको सिमानामा बन्न लागेको सो शिवमूर्तीले आन्तरिक तथा वाह्य पर्यटन आगमनमा ठुलो भुमिका खेल्ने विश्वास स्थानियले लिएका छन् । सोही कारणले स्थानियहरु उत्साहजनक उस्पस्थिती रहेको थियो ।

शिवमुर्ति सिलान्यासका लागि मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा लतिलपुरको बालकुमारीबाट ‘नाग राजा’को मुर्ति लिएर करिव ३५ वटा गाडीमा ५ सय भन्दा बढी भक्तजन बाजा–गाजा तथा झाँकी ज्ुलुस सहित मुर्ति निर्माण स्थल पुगेका थिए । सो अवसरमा नागपञ्चमीको विशेष पुजाआजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम गरेर शिवमुर्ति निर्माण कार्य थालनीको उद्घोष गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले एउटा सामान्य परिवारमा जन्मेर शिव–तान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह«ानिय काम गरेको बताए । उनले भने‘ यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले हाम्रो देशको पहिचानलाई नै उच्च राख्नेछ ।’

देशकै अग्लो मुर्ति निर्माणको थालनीले आफु अत्यन्तै प्रभावित भएको बताउँदै श्रेष्ठले आफु पनि सो संस्थाको आजिवन सदस्य बनेको बताए । कल्पेश्वर महादेबको मुर्ति निर्माण गर्ने कुरामा आफुले सबै खाले सहयोग तथा सहकार्य गर्न तयार रहेको श्रेष्ठले बताए ।

भक्तजनहरुलाई मानव कल्याण अध्यामिक प्रतिष्ठानका संरक्षण शिव–तान्त्रिक बुद्धिकुमार गुरुले भने ‘हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । हामी सबैको जिवन छोटो छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नु पर्दछ ।’ उनी भन्छन् ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु ।

बरु एक छाक खाना किन छोड्नु नपरोस् तर पुरा गर्ने नै छु ।’ सो काममा आफुले मात्रै साँढे ६ करोड रकम खर्चने र श्रद्र्धालु भक्तजनको मुख्य हात रहने उनले बताए । त्यसैगरी स्थानिय, प््राादेशिक र संघीय सरकारका प्रतिनिधिहरुले पनि मुर्ति निर्माणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएबाट आफु उत्साहित रहेको बताए ।

कार्यक्रममा अतिथिहरुको रुपमा राष्टिय गानका रचनाकार ब्याकुल माइला, ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डन, एमालेका युवा नेता तथा समाजसेवी विष्णुजङग बस्नेत, चाँगुनारायाण वडा नं ८ का अध्यक्ष कमल प्रसाद घिमिरे, समाजसेवी मेनुका थापा र मेनका बस्नेत तथा स्थानियहरुको बाक्लो उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डनले गुरु शितान्त्रिकले अत्यन्तै प्रसंसनीय काम गरेको भन्दै मुर्ति निर्माणको लागि रु १ लाख ५१ हजार नगद सहयोग समेत आयोजकलाई हस्तान्तरण गरेका थिए । साथै स्थानिय स्तरबाट पनि मुर्ति निर्माणको लागि सहयोगहरु आउन थालेका थियो । कार्यक्रमको सभापतित्व समाजसेवी तथा वयोवृद्ध पत्रकार रामकृष्ण कर्माचार्यले गरेका थिए । कार्यक्रम सञ्चालन ओमकार टेलिभिजनका मुकुन्द शर्माले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights