☰ open

एमाले स्थायी कमिटी बैठक : भदौ २० गतेभित्र उम्मेदवारहरुको नामावली सिफारिस गर्ने प्रस्ताव

२०७९ भाद्र ७, मंगलवार १९:१२
media khavar

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मंगलबारको स्थायी कमिटी बैठकले भदौ २० गतेभित्र तल्लो तहबाट उम्मेदवारहरुको नामावली सिफारिस गरेर पठाइसक्नुपर्ने प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव बुधबारको बैठकबाट पारित हुने स्रोतले बतायो।

मंगलबारको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारहरुको नामावली २० गते भित्र पठाउन तल्लो तहलाई निर्देशन दिने प्रस्ताव अघि सारेको हो।

यसैगरी निर्वाचनका लागि एमालेले ‘आगामी सरकार एमालेको प्रगतिशील र देशभक्त र लोकतन्त्रवादी’को भन्ने नारा पनि प्रस्ताव गरेको छ।

स्रोतका अनुसार बैठकले निर्वाचन एमालेका लागि चूनौतीपूर्ण रहेवपन यसलाई बहुमत उन्मूख बनाउन पार्टी पंक्ति सक्रिय हुनुपर्ने ठहर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights