मिडियाखबर
संजय प्रसाद पौडेल
हामिले ६२/६३ को आन्दोलन र पटक पटकको मधेस आन्दोलन बाट फेरि त्यही संसदीय ब्यबस्थाको स्थापना गरेछौ जसबाट हामीले ५१ सालमा ३६ से र ७४ निम्त्यायौ । फेरि हामिले ५१ मै मध्याबधी चुनाब खेप्यौ। अनि फेरि ५२ भाद्र १२ गते गोरु ब्यायो। ५१ देखि ५६ को संसदीय काल भोगेकै हो। त्यस कालखण्डमा शुरा सुन्दरी,पजेरो,शंकर होटल कान्ड बेहोरेकै हो। ०५९ मा शेर बहादुरले सन्सद विघटन गरेको देखेकै हो। ६२/६३ अघि राजाको सक्रिय शासन पनि देखेकै हो। … ६४ को सम्बिधान सभाको चुनाब देख्यौ। ०७० को तत्कालिन प्रधान न्याधिस खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारले गराएको चुनाब पनि देख्यौ। अनि ०७४ सालको चुनाब र नेकपाको करिब २/३ नजिकको सरकार पनि भोग्यौ।तर दुर्भाग्य! त्यहि आलो पालोको कुरा। गुट।अनि फुट ।संसदको विघटन। पाटि बिभाजन । हामिले (जनताले) यो चाहेको होइन। हामिले बिश्वलाई डिङ हाक्ने गरेको के चाहिँ नौलो काम गरेछौ त ? त्यही हैन झोक चल्यो संसद विघटन गर्यो।कति सजिलो हगि?
ग्रीक कथामा एक जना सिसिफस नामको पात्र अभिसप्त हुन्छ: निरर्थक ढुङ्गा बोकेर पहाडको टुप्पोमा पुर्याउने र फेरि फेद तिर झार्ने। फेरि तल झरी सके पछि माथी पहाडको टुप्पोमा त्यो अजङ्गको भारी ढुङ्गा पुर्याउने। कतै हामी त्यस्तै त भएनौ? करिब २/३ को सरकार हुँदा पनि फेरि किचलो।अनि फेरि फुट र पाँच वर्षकोलागी पाएको जनमतको अपमान। यसमा म कोहि एक जनालाई मात्र दोष दिन्न। जो जो नेतृत्व पंक्तिमा थिए हिजो ती सबै यो अस्थिरताकोलागि जिम्मेवार छन्। अब प्रष्ट भै सक्यो कि यो ढंगबाट अघि बढ्न सकिदैन। भोजराज पोखरेलले भने जस्तै अब यिनै अहिलेका नेताहरुबाट कतै आश गर्न सकिने ठाउँ छैन। अब प्रस्टै भै सक्यो देश र जनताको लागि भन्दा पनि आफ्नो मान्छे, आफ्नो कार्यकर्ता र आफ्नो चाकरी बजाउनेहरुका लागि नेताहरुले राजनीति गरि राखेका रहेछन्। भोजराज पोखरेलले भने जस्तै अब यिनै अहिलेका नेताहरुबाट कतै आश गर्न सकिने ठाउँ छैन।
यत्रो कोरोनाको महामारीमा पनि कुनै नेताहरु बाट सो संकटको समाधान गर्नका लागि कुनै पहल गरिएन। जनताको कुनै आवाज उठाईएन।
डोर बहादुर बिष्टले आफ्नो प्रख्यात पुस्तक Fatalism And Development : Nepal’s Struggle for Modernization मा आफ्नो मान्छे र चाकरीका कुरा हाम्रो राजनीतिमा कसरि हाबी भयो र हामी किन पछि पर्यौ भनेर लेखेका छन्।
जनता आजित भै सके । अब फेरि सिसिफसको नियती नदोहर्याउ।




फेसबुकबाट तपाईको प्रतिक्रिया