☰ open

चोलेन्द्र निलम्बन फुकुवा : रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन

२०७९ मंसिर २३, शुक्रबार १२:१७
मिडियाखबर

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको निलम्बन फुकुवा खारेज गर्न दायर रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ।

संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए । त्यसविरुद्ध सोही दिन सर्वोच्चमा रिट परेको थियो ।

रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलास गठन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights