☰ open

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत

२०७९ फाल्गुन २९, सोमबार १६:२१
मिडियाखबर

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छन्। सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका छ।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए।

गिरी पूर्वस्वास्थ्यमन्त्री हुन् बर्तौला भने पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्। उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights