☰ open

नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई सुझाव : ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस्

३ वर्ष
मिडियाखबर

नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई सुझाव : ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस् राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी छन ।

‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’

भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको राय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया