☰ open

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८०/०८१ को वजेटको तयारीमा जुटेको छ

३ वर्ष
मिडियाखबर

असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता रहेकोले त्यसको तयारीमा प्रदेश सरकार जुटेको छन् । प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ्ग तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छन् । अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टाईले बजेटको मार्ग दर्शन र बजेटको सिलिङ्गको बारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए छ । उनले आगामी आर्थिक वर्षको लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ्ग पठाएको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए  छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया