☰ open

अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले ५० लाख दाइजो मागेर आरोपमा पक्राउ एक युवकलाई विवाह मण्डपबाटै

३ वर्ष
मिडियाखबर

सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाटै बेहुलालाई पक्राउ गरेको छन्।

बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएको भन्दै बेहुली पक्षले प्रहरीमा उजुरी दिएको थियो । उनलाई मंगलबार विवाह समारोहबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

विवाह समारोहमा मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको छन् ।

आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया